नमस्कार
म यस विद्यालयमा गणित शिक्षक तथा अतिरिक्त क्रियाकलाप संयोजकको रूपमा कार्यरत छु। हाम्रो विद्यालयको आधिकारिक वेबसाइटमा यहाँहरू सबैलाई हार्दिक स्वागत गर्दछु।
शिक्षा भनेको केवल पाठ्यपुस्तक पढ्नु, परीक्षा दिनु र राम्रो अंक प्राप्त गर्नु मात्र होइन। शिक्षा भनेको विद्यार्थीको ज्ञान, सोच, व्यवहार, सिर्जनशीलता, आत्मविश्वास र जीवनोपयोगी सीपको विकास गर्नु हो। यही सोचलाई आत्मसात् गर्दै हामी विद्यार्थीहरूको सर्वाङ्गीण विकासलाई प्राथमिकतामा राखेर शिक्षण–सिकाइका गतिविधिहरू सञ्चालन गर्दै आएका छौँ।
हामी विद्यार्थीहरूलाई कक्षाकोठाभित्रको ज्ञानसँगै कक्षाकोठाबाहिरको अनुभव र व्यवहारिक सीप सिकाउने प्रयास गर्दछौँ। विद्यार्थीले सिकेको कुरा वास्तविक जीवनमा प्रयोग गर्न सक्ने बनाउनु नै हाम्रो शिक्षणको महत्वपूर्ण उद्देश्य हो। त्यसैले अध्ययनसँगै विभिन्न बौद्धिक, सिर्जनात्मक, शारीरिक, सामाजिक तथा प्रयोगात्मक गतिविधिहरूमा विद्यार्थीहरूको सक्रिय सहभागितालाई प्रोत्साहन गर्दै आएका छ... पुरा पढ्नुहोस्